बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्समा बक्सर रबिन पराजित

बिहिबार, ११ आश्विन २०८०खेलपाटी संवाददाता
एसियन गेम्समा बक्सर रबिन पराजित
Loading ad...
mustang rice ad

हानझाओ । नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।

हानझाओ जिम्नाजियममा भएको बक्सिमा पुरुष ४५–५१ केजी तौलसमूहको अन्तिम १६ को खेलमा थापा उत्तर कोरियाका बक्सर चोनरियोङसँग ५–० ले पराजित भएका हुन् । पहिलो खेलमा इन्डोनेसियाका कोइबानु डियोलाई हराउँदै सुखद सुरुआत गरेका थापाको चुनौती पनि अन्तिम १६ पार गर्न सकेन । जारी एसियाडमा बिहीबारसम्म एक  फाइट जित्ने उनी पहिलो बक्सर हुन् । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब दुई खेलाडीले खेल्न बाँकी छ ।

महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्यान्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रबार र सरस्वतीले शनिबार आ–आफ्नो प्रतिस्पर्धा चुनौती प्रस्तुत गर्ने तय छ ।

पुरुष स्क्वास :

 नेपालको पुरुष स्क्वास टोली जारी १९औं एसियाली खेलकुदमा भारतीय टोलीसँग पराजित भएको छ ।
एचओसी स्क्वास कोर्टमा बिहीबा भएको पुरुष टिम गेममा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको हो ।

सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४ र ११–१ ले हार बेहोरे । अर्को खेलमा अराहन्त केशर सिंहले महेश मान्गोनकरसँग ११–२, ११–३ र ११–३ ले पराजित भएपछि भारतले २–० अग्रता लियो । तेस्रो खेलमा पनि अमिर ब्लोनले हरिन्दर पाल सिंहसँग ११–१, ११–२ र ११–६ ले भएपछि भारतले ३–० को सोझो सेटमा नतिजा आफ्नो बनायो ।

अनुशिया हिटबाटै बाहिरिन् :

१९औं एसियाडअन्तर्गत पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९।५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । हिट एकमा प्रतिस्पर्धा गरेकी अनुशियाले आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सकिनन् । उनी समग्रमा २६औं स्थानमा रहे ।

टेबल टेनिसमा नविता र सिख्खा पराजित :

१९औं एसियाडअन्तर्गत टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित भएका छन् ।

नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित भइन् । मनिकाले नवितालाई ११–५, ११–४, ११–३, ११–२ ले हराइन् । महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित भइन् । मिउ हिरानोले सिक्कालाई ११–५, ११–४, ११–३,  ११–२ ले पराजित गरिन् ।

यस्तै महिला डबल्समा पनि नविता र सिक्काकै जोडी पराजित भए । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४–० ले पराजित भए । उक्त खेल चिनियाँ जोडी ११–३, ११–४, ११–१ ले पराजित भए ।

फेन्सिङ :

एसियाडअन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भएको छ । पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित हुँदै बाहिरियो ।

गल्फ :

१९औं एसियाडअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोसजनक खेल प्रदर्शन गरेको छ ।

पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी समग्रमा ३१औं स्थानमा छन् । नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाए । सद्भाव समग्रमा ३८औं र सुवास ४७औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा छन् ।

पुरुषतर्फ पहिलो दिन शीर्ष स्थानमा रहेका कोरियाका जाङ युविनको ११ अन्डर ६१ स्कोर छ । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा छिन् । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा छिन् । महिलातर्फ ३९ खेलाडी सहभागी गल्फमा शीर्ष स्थानका रहेकी जापानकी बाबा साकीको सात अन्डर ६५ स्कोर छ ।

Loading ad...
LiNing Ad
#एसियन गेम्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

Loading ad...
xTreme Energy Drink
चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा

बिच भलिबल टोली भुटान जाने

बिच भलिबल टोली भुटान जाने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

अञ्जिलाले बाढीपीडितलाई  दिइन् ४० हजार ४४४  रुपैयाँ

अञ्जिलाले बाढीपीडितलाई दिइन् ४० हजार ४४४ रुपैयाँ