काठमाडौं । एसियन गेम्सको बक्सिङमा नेपालका भुपेन्द्र थापा र सुष्मा तामाङ पराजित भएका छन् ।
हान्जाओमा बुधबार भुपेन्द्र अन्तिम १६ को खेलमा ताइपेका लाल चेन इनसँग ४–० ले पराजित भए । भुपेन्द्र ६३ दशमलव ५ केजी मुनीको तौल समुहमा ताइपेका खेलाडीसँग पराजित भएका हुन् ।
यस्तै, अन्तिम १६ को खेलमा सुष्मा ५० केजी मुनिको तौल समुहमा काजकिस्तानकी खेलाडीसँग पराजित भईन् । सुष्माले काजकिस्तानकी नाजिमसँग ५–० ले हार ब्यहोरेकी हुन् ।
पदकको आश गरिएको मार्सल आर्टमा नेपालको प्रर्दशन निराशाजनक छ । तेक्वान्दो, बक्सिङ, उसु लगायतका खेलमा नेपाली खेलाडी पदकको नजिक पुग्न सकेका छैनन् ।