एसियाडमा बक्सिङ : संगीता र दिपक पराजित
आइतबार, असोज ७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । चीनमा जारी एसियाली खेलकुदको बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् ।
संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्।
आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन् ।
त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए ।
राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरेका हुन् ।
#एसियाडमा बक्सिङ






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


