काठमाडौं । यूएस ओपन टेनिसको फाइनलमा डेनियल मेदवेदेव र नोभाक जोकोभिच भिड्ने भएका छन् ।
मेदवेदेवले विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कराजलाई हराउँदै फाइनलमा जोकोभिचसँगको भिडन्त पक्का गरे ।
मेदवेदेवले स्पेनिस विश्व नम्बर एक अल्कराजमाथि ७–६ (७–३), ६–१, ३–६ र ६–३ को सेटमा जित निकाले ।
जोकोभिचले युवा अमेरिकी बेन सेल्टनलाई हराएर कीर्तिमानी २४ औं ग्रान्सस्लाम उपाधिको नजिक पुगे ।
३६ वर्षका सर्वियन खेलाडीले ६–३, ६–२, ७–६ (७–४) को सेटमा अमेरिकी खेलाडी बेन सेल्टनलाई पराजित गरे ।
जोकोभिच पछिल्लो पटक सन् २०२१ मा मेदवेदेभसँग युएस ओपनमा पराजित बनेका थिए । गत वर्ष कोभिडको भ्याक्सिनको कारण जोकोभिच अमेरिका छिर्न पाएका थिएनन् ।
जोकोभिच दशौं पटक यूएस ओपनको फाइनल पुगेका हुन् । उनी ५ वर्षको प्रतिक्षापछि ग्रान्डस्लाम उपाधिको नजिक छन् ।