काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले ५ पदक हात पार्न सफल भएका छन् ।
च्याम्पियनसिपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल पाँच पदक जित्न सफल भएका हुन् ।
दिवसले ८४ केजीमाथि र खुल्ला टिम फाइटमा रजत पदक जित्न सफल भएका हुन् । यस्तै मलिका थापाले महिला ५५ केजीतर्फ कास्य र टिम खुलातर्फ रजत पदक जित्न सफल भएकी हुन् ।
यस्तै टिम खुलातर्फ मनिष थापाले कास्य पदक जित्न सफल भएको १३औं सागका दोहोरो स्वर्णधारी तथा हालका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी गराए ।