काठमाडौं । चार जना खेलकुद पत्रकारले एनओसी अवार्ड प्राप्त गरेका छन् ।
नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले शुक्रबार चार जना खेल पत्रकारलाई एनओसी अवार्ड प्रदान गरेको हो ।
शिलापत्र डटकमका खेल संवाददाता सरोज तामाङले एनओसी बेस्ट अनलाइन मिडिया अवार्ड प्राप्त गरे ।
एनओसी बेस्ट प्रिन्ट मिडिया अवार्ड गोरखापत्रका प्रजित शाक्यले पाए ।
नेपाल टेलिभिजनका प्रज्वल शाक्यले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गरे।
त्यस्तै, अन्नपूर्ण पोष्टका सुनिता डंगोलले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गरिन् ।
अवार्डसँगै उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले पुरुषतर्फ र टेनिस प्रशिक्षक रेणु देवीले एनओसी बेस्ट कोच अवार्ड प्राप्त गरे ।
एथलेटिक्स खेलाडी दीपक अधिकारी पुरुषतर्फ र पारा तेक्वान्दोकी सिर्जना घिसिङ महिलातर्फ एनओसी बेस्ट एथलेट अवार्ड प्राप्त गरे ।
नेपाल बक्सिङ संघले बेस्ट एसोसियसन अवार्ड प्राप्त गरेको छ ।
अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा एनओसीले अवार्ड प्रदान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले अवार्ड वितरण गरेका थिए ।