काठमाडौं । चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि ४ जना आर्चरी खेलाडी छनोट भएका छन् ।
शनिबार भएको छनोटबाट ४ खेलाडी छनोट गरिएको नेपाल आर्चरी संघले जनाएको छ ।
रिकर्भ पुरुषअ तिलक पुन मगर र महिलामा मञ्जु बजगाई छनोट भए ।
कम्पाउण्ड पुरुषअ योगेन्द्र शेरचन र महिलातर्फ इमायुङ राई छनोट भएका छन् ।
एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।