बुधबार, १३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतीय इन्टरनेशनल नुबैर शाहको एकल अग्रता

बिहिबार, ३२ जेठ २०८०खेलपाटी संवाददाता
भारतीय इन्टरनेशनल नुबैर शाहको एकल अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल बुद्धि चाल महासंघको आयोजनामा भइरहेको साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको दोस्रो दिन तेस्रो चरणको खेल समाप्तिमा भारतीय २४०६ रेटेड ईन्टर नेशनल मास्टर नुबैर शाह शेखले एकल अग्रता लिएका छन् । 

उनले दोस्रो चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाई पराजित गरि ३ अंक सहित एकल अग्रता लिएका हुन। कालो गोटी लिएर अखेलेन प्रणालीमा खेल सुरु गरेका दोर्जीले खेलको पाँचौ चालमा नै गल्ती गर्न पुगे र नुबैरलाई धोडा उपहार दिन पुगे। लगत्तै नुबैरले दवाव बढाउँदै  खेलको ३९ औं चालमा बाजि मार्न सफल भए।

उनले तेस्रो चरणको खेलमा पाकिस्तानका  २२२४ फिडे मास्टर अमिर करिम माथि सफलता हात पारे।  सेतो गोटी लिएर नुबैरले ईङलिस ओपनिङ प्रणालीमा खेल सुरुवात गरे।  कालो गोटी लिएका अमिरले खेलको सातौ चालमा नै उँट बलिदान गरि प्यादा २ वटा लिएर नुबैरलाइ दवाबमा राख्न खोजे । रक्षात्मक खेलमा माहिर नुबैरले अमिरको हरेक चाललाइ विफल पार्दै अन्ततः खेलको २१ औं चालमा अमिरलाइ खेल त्याग बाध्य बनाए।

 बंगलादेश फिडे मास्टर २२०६ रेटेड  हसन पराग मेहन्दी साढे २ अंक सहित दोस्रो स्थानमा रहेका छन्।  दोस्रो चरणको खेलमा बंगलादेशकै अब्दुल मलेक मोहम्मदलाई प्रतिस्पर्धात्मक खेलमा मलेक लाई ६२ औं चालमा निरास बनाए भने तेस्रो चरणको खेलमा नेपालका २०२८ रेटेड क्षितिज भण्डारीसंग बराबरी खेली अंक बाँडेका थिए।

नेपालका पुरुषोत्तम सिलवाल ,भारतीय ग्राण्ड मास्टर सत्यन दास र पाकिस्तानका अमिर करिमले ३ अंक सहित संयुक्तरूपमा तेस्रो स्थानमा रहेकम छन्।  पुरुषोत्तमले दोस्रो चरणको खेलमा नेपाल कै पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई रोचक खेलमा पन्छाउन सफल भए भने सत्यनले भारतका डिक्चेन दोर्जीलाई  उ दोस्रो चरणको खेलमा र तेस्रो चरणको खेलमा पुरुषोत्तमलाई हराए।

अमिरले तेस्रोपटक  चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैसवाललाई पराजित गरेका थिए।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा संचालन भइरहेको  महिलातर्फ दोस्रो चरणको खेल सम्पन्न हुँदा  भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्द र १९१३ रेटेड बंगलादेशका डिफेन्डिङ च्याम्पियन वहिदा वादिफा २ अंक सहित संयुक्तरूपमा शिर्ष स्थानमा रहेका छन्।

साक्षीले पहिलो चरणको खेलमा नेपालका फिडे मास्टर सुजना लोहनीलाई निरास गरे भने दोस्रो चरणमा नेपालकै रिया श्रेष्ठ माथी जित निकालेका थिए।

त्यसैगरी वहिदाले दोस्रो चरणको खेलमा माल्दिप्सका ११०८ रेटेड खेलाडी नुहा रिवानलाई र पहिलो चरणमा रिया श्रेष्ठलाई निराश पारिन् ।

नेपालका शुसिला गुरुङ , सुजना लोहनी , शान्ति धिमाल र बंगलादेशका फेरदोस जन्नतुलले १ अंक जोडेका छन्।

सुशिलाले पहिलो चरणको खेलमा फेरदोस जन्नतुललाई पराजित गरिन् चने दोस्रो चरणको खेलमा सुजनासंग हारिन।  पहिलो चरणको खेलमा माल्दिप्सका नुहा रिवानलाई हराएका शान्ति दोस्रो चरणको खेलमा फेरदोससंग निराश भइन् ।

Loading ad...
LiNing Ad
भारतीय इन्टरनेशनल नुबैर शाहको एकल अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

सन्देश प्रथम

सन्देश प्रथम

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

जिदानको नेतृत्वमा अब फ्रान्स

जिदानको नेतृत्वमा अब फ्रान्स

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल

 संकटमा राफिन्हा

संकटमा राफिन्हा

अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल