काठमाडौं । दुबईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधि नेपालका हरी कृष्ण बिष्टले जितेका छन् ।
दुबई स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० कि.मि. दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधि जित्न सफल भएको दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेको जगन अधिकारीले जानकारी गराए ।
रोजगारीका सिलसिलामा विगत ७ वर्ष देखि दुबईमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यस अघि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भईसकेको अधिकारीले जानकारी गराए ।