बिहिबार, १४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्यको साथ

बुधबार, २४ जेठ २०८०खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्यको साथ
Loading ad...
mustang rice ad

धनगढी ।  ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा सञ्चालनमा आएको शौभाग्य हस्पिटल जोडिएको छ ।  

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शौभाग्य हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका आठ वटा विधा मध्येको स्पेशल अवार्ड विधालाई शौभाग्य हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो ।

अब यो विधाको नाम शौभाग्य हस्पिटल स्पेशल अवार्ड रहनेछ ।  प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्टले हस्ताक्षर गरे।

सम्झौतापछि प्रतिक्रिया दिँदै शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए।

निजि अस्पतालहरुको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनमा आएको छ । झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै बिशेषज्ञ सेवा सहितको सौभाग्य हस्पिटल धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित कृषि सामाग्री संस्थानको अगाडी मेनरोडमा सञ्चालनमा आएको हो । २५ शैय्याको सौभाग्य हस्पिटल सस्तो र सर्वशुलभ शुल्कमा मुस्कान सहितको स्वास्थ्य सेवा दिने गरी केही समय अघिदेखि सञ्चालनमा ल्याईएको हो ।  मेरुदण्डको शल्यक्रिया गर्ने बिशेषज्ञ सुदुरपश्चिम प्रदेशमा सौभाग्य हस्पिटलमा मात्रै रहने सञ्चालकहरुको दावी छ । बालरोग, स्त्रीरोग, हाड् जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्तरोग लगायत सबै स्वास्थ्य सेवाहरुको बिशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिईरहेको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए । आईसियु, एनआईसियु सेवा सहित वातानुकुलित कक्षहरुमा विरामीले उपचार पाउने अध्यक्ष जोशीले बताए ।

हस्पिटलले ६ महिनाभित्र सिटी स्क्यान सेवा पनि सञ्चालन गर्ने जनाएको छ । २५ शैय्याबाट अस्पताल सुरु भएपनि छिट्टै एक सय शैय्याको पुराउने योजना बनाईएको छ । अस्पतालहरुमा सर्वशुलभ शुल्कमा फरक शैलीमा मुस्कान सहितको स्वास्थ्य सेवा दिएर फरक पहिचान बनाउने लक्ष्य राखिएको छ ।  विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रिय भएका युवाहरुको समुहले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेश अवार्डलाई शौभाग्य हस्पिटल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

Loading ad...
LiNing Ad
सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्यको साथ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

सन्देश प्रथम

सन्देश प्रथम

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

बंगलादेश फर्किए अनन्त

बंगलादेश फर्किए अनन्त

चम्किएका सन

चम्किएका सन

सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्

तनवीर अब चितवनको प्रशिक्षक

तनवीर अब चितवनको प्रशिक्षक

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल