काठमाडौं । सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलि मंगलबारबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबार सुरु हुने जनाएको छ ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिनेछ । प्रतियोगितामा ४१ प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले २ लाख ७० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ७० हजार पाउने छन् । यस्तै तेस्रोले १ लाख २० हजार, चौंथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउने छन् ।
शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।
त्यस्तै च्याम्पियनसिप सकिएको भोलिपल्ट शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । जसमा २५ प्रोफेसनल र १०० एमेच्योर गल्फरले सहभागिता जनाउने छन् ।