विवके र निरज सेमिफाइनलमा
काठमाडौं । धादिङका विवेक श्रेष्ठ र काठमाडौंका निरज दुदराज दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिज्वान पनि सेमिफइनलमा पुग्न सफल भए ।
प्रतियोगिताको नेता सन्तु दराईले एक कार्यक्रमबीच उद्घाटन गरे । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले जनाएका छन् ।
पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार पाउने आयोजक संघकी अध्यक्ष अमृता थापाले जानकारी गराइन् ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)