आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
  4. /
  5. सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    

सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    

२०२३ मे ३१, बुधबारखेलपाटी संवाददाता

सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    

काठमाडौं । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि भारतका सुमित कोटवालले जितेका छन् ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जितेका हुन् ।  गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १-अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३-अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् ।

पहिलो दिनका लिडर सुबाशले २-अन्डर ७० को कार्डसहित समग्रमा १२-अन्डर २सय ४ सहित मात्र एक स्ट्रोकले पछि पर्दै दोस्रो भए। 

युवा गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ३-अन्डर ६९को स्कोर बनाए। समग्रमा १०-अन्डर २सय ६ सहित तेस्रो भए। भारतीय बरूण मुथाप्पाले आजइभन-पार ७२ मा खेल सकउँदा समग्रमा २-अन्डर २सय १४ सहित चौथोस्थानमा खेल सकाए। 

समग्रमा १-ओभर २ सय१७ सहित भुटानका उगेन दोर्जी र नेपालका टासी छिरिङ संयुक्त रुपमा पाँचौ भए। समग्रमा ३-ओभर २ सय१८ को स्कोरमा नेपालका वाङचेन ढोन्डुप सातौं हुँदा बंगलादेशका मोहम्मद सुमोन आठौं भए। उनले समग्रमा ३-ओभर २सय १८ स्कोर गरे। त्यसैगरी समग्रमा १०-ओभर २सय २६ सहित भारतका सुरज जोशी, बंगलादेशका सफिकुल इस्लाम र पाकिस्तानका उमैरसलिमले संयुक्त रुपमा १०औं स्थान बाँडे।

दोस्रो दिनका लिडर भारतीय सुमितसँगअन्तिम १८ होलको सुरूवात गर्दा दुई स्ट्रोकको अग्रता थियो। सुमितले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। पहिलो, तेस्रो र छैटौं होलमाएक-एक सट बचाए।तर दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बोगी खेपे। यो स्कोरमा सुमितलाई सुबाशले फ्रन्ट नाइनमा एक स्ट्रोकले पछि समेत पारेका थिए। तर यसपछि ब्याक नाइनमा सुमितले १२ औं,१३ औं, १४ औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे। १७ औं र १८औं होलमा एक-एक सट खेर फाले। ब्याक नाइन २-अन्डर३४ मा पुरा गर्दै एक स्ट्रोकको जितका साथ च्याम्पियन बने। 

टिममा स्वर्ण जितिसकेका सुबाशले व्यक्तिगततर्फ पनि स्वर्ण जित्ने अपेक्षा गरिएको थियो। सोही अनुरूप फ्रन्टनाइन २-अन्डर ३४मा सकाए। चौथो,पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने सातौं होलमा एक सट खेर फाले। ब्याक नाइनमा सुबाशले लय गुमाए। १२औं होलमा एक सट बचाए तर १७ औं होलमा डबल बोगीको सामना गरे। यो नैहारको कारण बन्यो। यसपछि १८औं होलमा बर्डी प्रहार गरे र ब्याकनाइन इभन पार ३६मा सकाउँदै दोस्रो स्थानमा चित्त बुझाए। 

सदभावले फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं होलमा बोगी खेपे। तर ५-पारको सातौं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १५औं होलको बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए । 

महिलातर्फ कश्मीरा शाहले उपाधि जितिन्। आज ४-ओभर७६ को स्कोरमा उनले समग्रमा १८-ओभर २ सय ३४ सहित ५ स्ट्रोकको अग्रतामा उपाधि जितिन्। सुष्मा सिग्देल दोस्रो भईन्। ६-ओभर ७८सहित समग्रमा २३-ओभर २ सय ३९ को स्कोर गरिन्। २ सय ७२सहित आईन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन् । 

प्रतियोगिताको टिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानले कास्य पदक प्राप्त गर्यो। यो प्रतियोगितामा सुबाशले एक-एक स्वर्ण र रजत तथा सदभावले दुई रजत नेपाललाई दिलाए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, माउन्टेन स्पोर्टस फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, नेपाल गल्फ संघका अध्यक्षटासी घले, उपाध्यक्षद्वय पवित्रकुमार कार्की र फुर्साङ लामाले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे। 

 

 नेपालगल्फ संघ र नेपालटुरिजम बोर्डको सम्युक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका५१ खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकूदपरिषद्, वागमती प्रदेश खेलकूद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट रहोटल रोयल सिंगीको सहयोगरहेको थियो।

 

 

सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’