हेटौडा । दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत करातेमा पनि काठमाडौंकै वर्चस्व रह्यो ।
सहभागी १३ वटै जिल्लालाई उछिन्ने क्रममा काठमाडौंले सर्वाधिक ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियनको उपाधि उचाल्यो ।
दोश्रो स्थानको मकवानपुरले ३ स्वर्ण र ३ कांस्य प्राप्त गर्यो । समान २–२ स्वर्ण, रजत र कांस्यसाथ सिन्धुपाल्चोकले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुषमा मकवानपुरका रोशन बलामी तथा महिलामा काभ्रेकी मनिका तामाङ उत्कृष्ट खेलाडी चुनिए ।