काठमाडौं । उम्रोको ‘रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत दुई विजेताले इङ्लिस प्रिमियर लिगको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका छन् ।
उम्रोसँगको सहकार्यमा भाटभटेनी सुपरमार्केटले सञ्चालन गरेको रोड टू वेस्ट ह्याम योजना अन्तर्गत भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी लक्की ड्रमार्फत छनोट भएका थिए ।
विजेता दुई ग्राहकले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका हुन् ।
दुई भाग्यशाली विजेताको लण्डनको दुईतर्फी ह्वाई भाडा, पाँच दिनको बस्ने, खाने ब्यवस्था सहित यात्राको सम्पुर्ण खर्च भाटभटेनीले उपलब्ध गराएको थियो ।
भाटभटेनीका १४ वटा स्टोरबाट उम्रोका सामान लिने ग्राहकलाई यस योजनामा समावेश गरिएको थियो । उम्रोको रोड टू वेस्ट ह्याम योजना जनवरी २७ देखि मार्च ३० सम्म भाटभटेनीका १४ वटा सुपर मार्केट र डिपार्टमेन्टल स्टोरमा सञ्चालन गरिएको थियो ।
फुटबल र आम मानिसको जिवनशैलीसँग जोडिएको उम्रोलाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ ।
उम्रो भाटभटेनीको वीरगञ्जमा खोलिएको नयाँ स्टोर सहित १५ वटा सुपरमार्केटमा उपलब्ध छ । उम्रोले फुटबलको विश्वस्तरको सामाग्री र जिवनशैलीसँग जोडिएको सामान उपलब्ध गराउँदै आएको छ ।