काठमाडौं । नेपाल भलिबल संघ र हन्ड्रेट स्पोर्टसबीच काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ का लागि सहकार्य सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हन्ड्रेट स्पोर्ट्सका संस्थापक रविन्द्र भाटी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार काभा वुमन्स भलिबल च्यालेन्ज कपको हन्ड्रेट स्पोर्ट्स मार्केटिङ र इभेन्ट पार्टनरको रुपमा रहनेछ ।
सम्झौता कार्यक्रममा हन्ड्रेट स्पोर्टसका विकास खेतान र संघका महासचिव रोशन श्रेष्ठ सहित पदाधिकारी उपस्थित रहेका थिए ।
हन्ड्रेट स्पोर्ट्सले नेपालका विभिन्न खेल संघसँग सहकार्यमा व्यवसायीक काम गर्दै आएको छ ।
नेपालको खेलकुदलाई व्यवसायीक बनाउने उद्धेश्यका साथ नेपालका खेल र खेलाडीसँग जोडिएको काम गर्न सुरु गरिएको हन्ड्रेट स्पोर्टसका अध्यक्ष रविन्द भाटीले बताएका छन् ।
उनले नेपाली खेलकुदको विकासमा व्यवसायीक साझेदारको रुपमा आफुहरुको सधै सकारात्मक भुमिका रहने बताए ।