मानसिंह डोजोलाई उपाधि
आइतबार, बैशाख २४, २०८०खेलपाटी संवाददाता

काठमाडौं। मानसिंह डोजोले प्रथम टोखा मेयर कप कराते प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै मानसिंह टिम च्याम्पियन बन्यो ।
भृकुटि डोजो ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको वादोरियोले ४ स्वर्ण, १ रजत र १ कांस्य हात पार्यो।
पुरुषमा गोंगबुका आयुश राई तथा महिलामा मनमैजुकी प्रतीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुषमा भृकुटिका आयुश अधिकारी तथा महिलामा निर्मल वाटिकाकी निमिशा लामा उदीयमान खेलाडी चुनिए । मनमैजु अनुशासित टिम ठहरियो ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मानसिंह डोजोलाई उपाधि






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)