काठमाडौं । टर्किस एयरलाइन्स वर्ल्ड गल्फको उपाधि नेपाली सेनाका प्रमुख सेनानी दिनेश बानियाँले जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा आइतबार ४० स्टेबलफोर्ड अंक जोड्दै बानियाँले उपाधि जितेका हुन् । प्रदीप केसी उपविजेता र चन्द्र कुमार लिम्बु तेस्रो भए ।
उपाधिसँगै बानियाँ टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपमा छनोट भएका छन् । टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप आगामी डिसेम्बरमा हुनेछ ।
बेस्ट ग्रसको उपाधि वाङ्चेन धोन्डुपले जिते । वाङ्चेनले ३६ रन बनाए
क्लोजेस्ट टु पिनको अवार्ड पुरुषमा सञ्जय पौडेल र महिलामा कश्मिरा शाहले हात पारे ।
प्रतियोगिताका विजेताहरुलाई टर्किस एयरलाइन्सका महाप्रबन्धक सेर्कन बसर लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा ६ महिलासहित ८२ खेलाडीको सहभागिता रहेको थियो ।
