आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सुबाशलाई उपाधि

बिहिबार, ०७ बैशाख २०८०खेलपाटी संवाददाता
सुबाशलाई उपाधि
mustang rice ad

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबाश लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन्। यो उनको करियरको चौंथो प्रोफेसनल उपाधि हो।

डिफेन्डिङ च्याम्पियन सुबाशले अन्तिम दिन ३-अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १३-अन्डर २ सय ७५ को स्कोर बनाए। १-अन्डर ७१ सहित समग्रमा ९-अन्डर २ सय ७९ को स्कोर मा सञ्जय प्रोफेसनलतर्फ पहिलो भए। समग्रमा भने उनी दोस्रो भए। उनले एक लाख चालिस हजार प्राप्त गरे।

समग्रमा ४-अन्डर २ सय ८४ को स्कोरमा नीरज तामाङ र जयराम श्रेष्ठले सम्युक्तरूपमा प्रोतर्फ दोस्रो स्थान बाँडे। नीरजले २-अन्डर ७० र जयरामले ६-अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरे। उनीहरूले जनही ७८ हजार ५ सय हात पारे। समग्रमा २-अन्डर २ सय ६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्तरुपमा चौथो स्थानमा‌ प्रतियोगिता सकाए। रमेशले ४-अन्डर ६८ र भुवनले ३-ओभर ७५ मा अन्तिम दिनको खेल सकाए। दुवैजनाले जनही ५१ हजार प्राप्त गरे।

रबि खड्काले समग्रमा इभन-पार २ सय ८८ सहित छैटौं भएर ४० हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन उनले ६-ओभर ७८ को खराब प्रदर्शन गरे। कमल तामाङ र तोरण विक्रम शाहीले संयुक्तरुपमा सातौं स्थान बाँडे। तोरणले इभन-पार ७२ र कमलले ३-ओभर ७५ को स्कोरमा समग्रमा ४-ओभर २ सय ९२ को स्कोरमा‌ खेल सकाए। उनीहरूले ३५ हजार ५ सय प्राप्त गरे।

२-ओभर ७४ सहित समग्रमा ८-ओभर २ सय ९६ को स्कोरमा धरानका बलभद्र राई नवौं भए। उनले ३२ हजार हात पारे। समग्रमा १०-ओभर २ सय ९८ को स्कोर बनाउने क्रममा अन्तिम दिन ७-ओभर ७९ खेल्दै पोखराका प्रो भुबहादुर गुरूङ १०औं हुँदै ३० हजार प्राप्त गरे। 

प्रो र एमरच्योर दुवैतर्फको उपाधि सुबाशले जित्दा युवा गल्फर सदभाव आचार्य एमरच्योरतर्फ दोस्रो भए। ४-ओभर ७६ मा अन्तिम दिनको खेल सकाउँदा उनले समग्रमा इभन-पार २ सय ८८ को स्कोरमा प्रतियोगिता सकाए। समग्रमा ३-ओभर २ सय ९१ सहित टासी छिरिङ तेस्रो भए।

अन्तिम दिनको खेल सुरूवात गर्दा सुबाशसँग दुई स्ट्रोकको अग्रता थियो। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गर्दा उनलाई कुनैपनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन्। दोस्रो होलमा एक सट खेर फाले। तर त्यसपछि तेस्रो, पाँचौ, छैटौं र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन इभन-पार ३६ मा सकाए। ११औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गर्दै एक समय ६ स्ट्रोकको अग्रता बनाइसकेका थिए। तर १५औं होलमा डबल बोगी खेपे भने १८औं होलमा एक सट खेर फाले।

सञ्जयले तेस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि सातौं होलमा एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा टुङ्गाए। यसपछि ११औं र १४औं होलमा बर्डी प्रहार गरे। तर १०औं र १६औं होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

नीरजले फ्रन्ट नाइनमा २-ओभर ३८ खेल्ने क्रममा तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे। तर यसपछि छैटौं र सातौं होलमा डबल बोगी खेपे। ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै १०औं र ११औं होलमा बर्डी प्रहार गर्दा ५-पारको १२औं होलमा इगलको सफलता हो। जयराम श्रेष्ठले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पुरा गरे। तेस्रो, चौथो, नवौं र १२औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा इगल प्रहार गरे।

कुल ८ लाख नगद पुरस्कार राशीको  ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, पिजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र सिनियर महिला गल्फर गीता गुरूङले पुरस्कार वितरण गरे।

LiNing Ad
सुबाशलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि