काठमाडौं । पहिलो संस्करणको ख्वप इन्टर स्कुल फुटसल प्रतियोगिताको उपाधि विनायक स्कुलले जितको छ । शुक्रबार भएको फाइनलमा जेनुईन स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै विनायकले उपाधि जितेको हो ।
उपाधिसंगै विनायकले ट्रफी, मेडल र खेलकुद सामग्रीहरु प्राप्त गरे । उपविजेता बनेको जेनुईनले पनि खेलकुद सामग्री प्राप्त गरे । प्रतियोगितामा राजधानीका १४ टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नेपाली फुटबल क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी बालगोपाल महर्जन र हरी खड्कालाई सम्मान पनि गरिएको थियो ।
ग्रासरुट बाटै खेलाडीको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका सदस्य नविन महर्जनले जानकारी बताए ।
एन्फाबाट मान्यता पाएको ख्वप फुटसलले खेलाडीहको क्षमता अभिबृद्धिका लागि बिभिन्न प्रकारका प्रतियोगिता गर्दै आईरहेको छ ।