काठमाडौं । एनसेल बाह्रखरी कर्पोरेट गल्फ आगामी बैशाखमा आयोजना हुने भएको छ ।
बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख ९ गते हुने जनाएको छ ।
गोकर्णस्थित गोकर्ण गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने छन् ।
गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा खेलाडीले प्रतिस्पर्धा गर्ने जनाए ।
प्रतियोगिताको विजेताले सुनको गल्फ बल प्राप्त गर्नेछन् ।

यस्तै होल इन वन गर्ने खेलाडीले हुन्डाईको भेन्यु गाडी पाउने छन् ।
बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजले समेत पुरस्कार पाउने छन् ।
कार्यक्रममा बोल्दै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले छैटौं वर्षको प्रतियोगिता आयोजना गर्न लागिएको र सामाजिक दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।