शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

शुक्रको कीर्तिमानी प्रदर्शन

बुधबार, ०१ चैत्र २०७९खेलपाटी संवाददाता
शुक्रको कीर्तिमानी प्रदर्शन
Loading ad...
mustang rice ad

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन्।

११-अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन्। सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, अभिजत सिंह चड्डा र समिम खानले १०-अन्डर ६२ खेल्दै रेकर्ड बनाएका थिए। उक्त रेकर्ड १० बर्षपछि शुक्रले तोडेका हुन्।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ११-अन्डर ६१ खेल्दै समग्रमा १८-अन्डर १ सय २६ को सानदार नतिजामा शुक्रले भुवन नगरकोटीलाई ३ स्ट्रोकले पछि पारे। ९-अन्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५-अन्डर १ सय २९ सहित दोस्रो स्थानमा रहेका छन्। ९-अन्डरको स्कोरमा उनले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गरे।‌

एमेच्योर खेलाडी  सदभाव  आचार्यले ३-अन्डर ६९ खेल्दै समग्रमा ३-अन्डर १ सय ४१ को स्कोर सहित तेस्रो स्थानमा उक्लिएका छन्। नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ १-अन्डर १ सय ४३ सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्। सुबाशले १-अन्डर ७१ र जयरामले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सकाए।

यसैगरी १-ओभर ७३ स्कोर गर्दै समग्रमा इभन-पार १ सय ४४ सहित निरज तामाङ छैटौं स्थानमा रहेका छन्। २-अन्डर ७० जोड्दै समग्रमा १-ओभर १ सय ४५ सहित भुवन कुमार रोक्का सातौ स्थानमा रहे। यस्तै टंक बहादुर कार्की र शिवराम पौडेलले २-ओभर १ सय ४६ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे। टंकले १-अन्डर ७१ र शिवरामले १-ओभर ७३ स्कोर जोडे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा एमेच्योर युवराज भुजेल र प्रो सञ्जय लामा ३-ओभर १ सय ४७ को नतिजामा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन्।

३६ होलको समाप्तीमा १३-ओभर सम्म खेल्ने २१ प्रो र ७ एमेच्योर गरी कुल २८ खेलाडीले कट बनाएका छन्।‌ प्रो दिनेश प्रजापतिसँगै रामे मगर, प्रदीप कुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, बलभद्र राई, सञ्जोक मोक्तान, राम कृष्ण श्रेष्ठ, रबि खड्का, दीपक मगर, कमल तामाङ, सुर्य प्रसाद शर्मा र किसन कालीराज सुनारले कट बनाए। एमेच्योरतर्फ सद्भाव र सुबाशसँगै युवराज भुजेल, टासी छिरिङ, सुरेश तामाङ, निश्चय जङ्ग रायमाझी र क्याप्टेन नोर्बु शेर्पाले पनि अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गरे।

करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा शुक्रले फ्रन्ट नाइट ५-अन्डर ३१ मा पुरा गरे। पहिलो, दोस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा ५-पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। ब्याक नाइनमा पनि सानदार प्रदर्शनलाई निरन्तरता दिए। बाोगी रहित खेल्ने क्रममा ११औं, १३औं, १४औं र १५औं होलमा एक-एक सट बचाउँदा १२औं होलमा इगल प्रहार गरे।ब्याक नाइन ६-अन्डर ३० मा सकाए। रेकर्ड स्कोर गर्दा पनि शुक्रलाई भुवनले दबाब भने दिएका छन्।

भुवनले लोभलाग्दो प्रदर्शन गर्दै फ्रन्ट नाइन ८-अन्डर २८ मा सकाए। यो क्रममा उनले दिनको सुरुवात बर्डीबाट गर्दै तेस्रो होलमा इगलको सफलता हात पारे। यसपछि चौथो देखि सातौं होलमा लगातार बर्डी प्रहार गरे भने नवौं होलमा पनि एक सट बचाए। फ्रन्ट नाइनमा कुल ६ बर्डी दर्ज गरे। ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। १३औं होलमा एक सट खेर फाल्दा ११औं र १२औं होलमा बर्डी प्रहार गरे।

एमेच्योर  सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। पहिलो होलमा बोगी खेपे पनि सम्हालिदै चौथो, छैटौ र सातौ होलमा बर्डी प्रहार गरे। यसपछि ११औं होलमा एक सट खेर फाल्दा १२औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

नम्बर एक एमेच्योर सुबाशले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन १ ओभर ३७ मा पुरा गरे। उनले तेस्रो, पाँचौ, सातौ र बार्हौ होलमा बर्डी प्रहार गर्दा आठौ, एघारौं र पन्ध्रौं होलमा बोगी खेपे।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेकाछन्। प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

Loading ad...
LiNing Ad
शुक्रको कीर्तिमानी प्रदर्शन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित