काठमाडौं । अमेरिकी गल्फर टाइगर उड्स सात महिनापछि खेलमा फर्कने भएका छन् ।
टाइगरले पीजीए टुर अन्तर्गत लस एन्जल्समा हुने जेनेसिस इन्भाईटेसनल गल्फ खेल्ने भएका छन् ।
'म अर्को हप्ता पीजीए टुर कार्यक्रम खेल्न तयार छु,' उनले सामाजिक संजालमा लेखेका छन् ।
गल्फको मुख्य प्रतियोगितामा १५ पटकको च्याम्पियनले २०२२ मा तीन वटा प्रतियोगिता खेलेका थिए । उनले अन्तिम पटक गत वर्षको जुलाईमा खेलेका थिए ।
४७ वर्षीय टाइगर २०२१ को फेब्रुअरीमा कार दुर्घटनामा परेका थिए । उनको खुट्टामा गम्भीर चोट लागेको थियो ।