शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. एपीएफको लगातार दोस्रो जित 

एपीएफको लगातार दोस्रो जित 

२०२३ फेब्रुअरी ५, आइतबारखेलपाटी संवाददाता

एपीएफको लगातार दोस्रो जित 

काठमाडौं । साबिक बिजेता विभागीय टोली नेपाल एपीएफ क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आईतबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले शीर्ष दुईमा रहँदै फाईनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

फाईनलको सम्भावना बलियो बनाउने क्रममा एपीएफले आर्मीलाई २५-१७,२५-२१ र २५-१५ ले हराएको हो ।

जितसँगै एपीएफको दुई खेलबाट ६ अंक जोडेको छ । आर्मीले लगातार दोस्रो हार व्यहोर अंक बिहिन रहेको छ । 

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा न्यु डायमण्ड स्पोटस क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।

#एपीएफको लगातार दोस्रो जित
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म