काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य सलिना श्रेष्ठलाई स्पेसल अवार्डबाट सम्मानित गरेको छ ।
प्रतिष्ठानले शनिबार न्यु डायमण्ड क्लबकी लिबेरो सलिनालाई नगद ५० हजारसहित शेरबहादुर स्मृति स्पेसल अवार्डबाट सम्मान गरेको हो ।
छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटनको अवसरमा सलिनालाई प्रतिष्ठानले सम्मान गरेको हो।
नेपाली महिला भलिबलमा पुर्राएको योगदानको कदर गर्दै प्रतिष्ठानले सलिनालाई सम्मान गरिएको जनाएको ।
सलिनालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले सम्मान गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सुरु प्रतियोगितामा ६ महिला टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।