काठमाडौं । नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभई विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय मोटरस्पार्टस कार्यक्रम पावर टु पावर स्टेरिङको तयारी पूरा भएको छ ।
वुमन ईम्पावरमेन्ट थ्रु मोटरिङ थीममा हुने कार्यक्रम विश्वमा लोकप्रिय हुदै गएको अटो जिमखानाको रुपमा शनिबार हिमालयन मोटरल्याण्ड धुलिखेलमा हुनेछ ।
नासा नेपालका तालीम प्राप्त मार्सलहरुको ब्यवस्थापनमा हुने यस कार्यक्रममा सहभागीले मुलत एडभेन्चर, थ्रिल र टुरिजमको कम्विनेसन पाउनेछन् भने सडक सुरक्षाको संदेश प्रवाह गर्नेछन् । यस इभेन्ट रोमान्चकता र महिला सशतिmकरण तथा सोसियल नेटवर्किङ्ग समेत यसमा जोडिएको हुनेछ ।
पावर स्टेरिङमा महिला हँुदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा १८ वटा टिम सहभागी हुदैछन । उक्त इभेन्टमा ख्यातीप्राप्त कलाकार, खेलाडी तथा विशिष्ट व्यक्तित्वहरुको समेत सहभागिताको पहल भइरहेको छ । सो कार्यक्रमले नेपाली पर्यटन उद्यमको लागी समेत नयाँ आयाम थप्ने छ ।
नासा उमन कमीसनले नासा फोर वील्लर टिमसंगको सहकार्यमा आयोजना हुने इभेन्टमा विजयहरुलाई शिल्ड र सर्टिफिकेटका साथै अन्तराष्ट्रिय सहभागीताको अवसर दिइने बताईएको छ ।