काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।
डायमण्डले पहिलो सेट २५–१९, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो ।
तेस्रो भएको डायमण्डले १ लाख २५ हजार प्राप्त गरेको छ । चौंथो भएको गण्डकीले सान्त्वना पुरस्कार स्वरूप ६५ हजार प्राप्त गर्यो ।
महिलातर्फको फाइनल शनिबार हुनेछ । उपाधिका लागि एपीएफ र आर्मी भिड्ने छन् ।
शुक्रबार नै पुरुषतर्फ सेमिफाइनलका दुई खेल हुँदैछन् ।
पहिलो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।