काठमाडौं । गण्डकी प्रदेश तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा बिहीबार श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हराएर गण्डकी अन्तिम चारमा पुगेको हो ।
श्रीलंकन टोलीविरुद्ध गण्डकीले २६-२४,२५-१४ र २५-२३ को सेटमा जित निकालेको हो ।
जितसँगै गण्डकीले ४ खेलमा ८ अंक जोड्यो । श्रीलंकन टोली भने जित विहीन बन्दै १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।
महिलातर्फ फाइनल पुग्ने टोलीको तय भईसकेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब उपाधिका लागि भिड्ने छन् ।