काठमाडौं ।चर्चित स्पोर्ट्स ब्राण्ड लि-निङ नेपालले नुवाकोट जिल्लाको त्रिशुलीमा नयाँ सोरुम संचालनमा ल्याएको छ ।
लि-निङ नेपालले बिहीबारबाट त्रिशुलीमा नयाँ सोरुम संचालनमा ल्याएको हो ।
लि-निङ नेपालका कार्यकारी निर्देशक राजन महर्जन र तेक्वान्दोकी ओलम्पियन संगीना बैद्यले सोरुमको उद्घाटन गरे।
सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले त्रिशुलीमा नयाँ सोरुम खोलिएको लि-निङ नेपालले जनाएको छ ।
अनु इन्टरप्राइजेज स्थानीय बिक्रेता रहेको नयाँ सोरुममा लि-निङको उत्पादन सहज रुपमा उपलब्ध हुने लि-निङ नेपालले जनाएको छ ।
कार्यक्रममा बोल्दै लि-निङ नेपालका कार्यकारी निर्देशक राजन महर्जनले आफ्नो पुर्खाहरू व्यवसायिक सिलसिलामा नुवाकोट त्रिशुली आएको सम्झना गर्दै फेरि व्यापारमार्फत जोड्ने मौका मिलेकोमा खुशी व्यक्त गरे ।
महर्जनले नुवाकोटको खेलकुदमा लि-निङले सक्दो सहयोग गर्ने बाचा समेत गरे।
यस्तै ओलम्पियन संगीनाले आफु खेलाडी हुँदा विदेशी खेलाडीहरुले लगाएको देखेको र विदेश जाँदा आफुले पनि किन्ने गरेको सम्झनामा गर्दै आफ्नै जन्म स्थलमै लि-निङको सोरुम आउदा असाध्यै खुशी लागेको बताईन ।
लि-निङ नेपालले विभिन्न खेललाई प्रायोजन गर्दै आईरहेको छ । नेपाली राष्ट्रिय बास्केटबल टिम लगायत विभिन्न क्लबहरुलाई लि-निङ नेपालले प्रायोजन गरेको छ ।