काठमाडौं । १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपाली नगदसहित सम्मानित भएका छन् ।
कालिमाटीमा अवस्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौं वार्षिक समारोहमा प्रज्वल र श्वेता सम्मानित भएका हुन् ।
डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस फेडेरेशन तथा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष दिनेश राजभण्डारीले दुबैलाई जनही २० हजार नगदले सम्मानित गरे ।
यस्तै प्रशिक्षकमा रुजेश शाहीलाई समेत १० हजार नगदसहित सम्मान गरिएको थियो ।
१३ औं विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिर महिनाको २० देखि २५ गते सम्म थाइल्याण्डको फुकेटमा आयोजना भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष दिनेश राजभण्डारीले राज्यले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई विशेष सम्मान गर्नु पर्नेमा समेत जोड दिए ।