काठमाडौं । पाकिस्तानमा आयोजना हुने १५ औं वेस्ट एसिया बेसबल कपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल ओलम्पिक कमिटिले आइतबार २२ सदस्सीय नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोलीलाई एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ, उपमहासचिव पिताम्बर तिम्सिना, राखेपका बोर्ड सदस्य एकेन्द्र कुँवर लगायतले बिदाइ गरे ।
इस्लामावाद हुने प्रतियोगिता जनवरी २५ देखि फेब्रुअरी १ सम्म आयोजना हुनेछ ।
नेपालले साविक विजेता श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।