काठमाडौं । एफए कप फुटबल अन्तर्गत लिभरपुल र उल्भ्सबीचको खेलको लाईभ दौरान सेक्स गरेको आवाज सुनिएपछि बीबीसीले माफी मागेको छ ।
मंगलबार राति लिभरपुल र उल्भ्सबीचको रिप्ले खेलको लाईभ दौरान ग्यारी लिन्करले बोलिरहदा सेक्स गरेको आवाज सुनिएको थियो ।
उक्त खेलमा लिभरपुलले उल्भ्सलाई १-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।
'साँझ फुटबलको लाइभ कभरेजको क्रममा भएको घटनामा दर्शकसँग माफी चाहन्छौं,' बीबीसीले भनेको छ ।
बीबीसीले उक्त घटनाको छानबिन भईरहेको जनाएको छ ।