काठमाडौं । नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ । संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए । गोपाल क्षेत्रीलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो ।
सोही अवसरमा नागरिक दैनिकका खेल पत्रकार अनिल मल्ल ठकुरी पनि सम्मानित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे ।