काठमाडौं । ई-स्पोर्ट्स प्रतियोगिता पब्जी विश्वकपमा नेपालको टिम डीआरएस उपविजेता बनेको छ ।
इन्डोनेसियामा आयोजना भएको विश्वकपमा नेपालको टोली डीआरएस उपविजेता बनेको हो ।
विश्वकपको उपाधि टर्कीको एसटूजीले हात पारेको छ ।
डीआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई रहेका छन् ।
उपविजेता बनेको डीआरएसले २ लाख अमेरिकी डलर झन्डै ३ करोड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
नेपालको अर्को टिम टीटूकेले १३ औं स्थान हासिल गरेको छ ।
टीटूकेले २५ हजार अमेरिकी डलर पाएको छ ।