काठमाडौं । नेपालको मोटर स्पोर्ट्सको अनलाइन गेमिङ भर्जुअल हट-ल्याप प्रतियोगिता आयोजना हुने भएको छ ।
नासा नेपालले बुधबार एक विज्ञप्ति निकाल्दै फ्रन्टियर मोटरस्पोर्ट्सले आयोजना गरेको प्रतियोगिता जनवरी ५ देखि ८ गतेसम्म हुने जनाएको छ ।
विश्वमै लोकप्रिय रहेको ई-स्पोर्ट्स अन्तर्गत मोटर स्पोर्ट्सको प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो ।
फ्रन्टियर मोटरस्पोर्ट्स संयोजक दिग्वजय अधिकारीले म्याकलरेन ५७०एस जिटीफोर कारको प्रयोग गरि जान्डभ्रोट ट्रयाकमा खेलिने रेस दुई ठाउमा आयोजना हुने जानकारी गराए ।
उनका अनुसार जनवरी ५ र ७ मा बौद्धको जी क्याफे र जनवरी ६ मा बालुवाटारको क्याफे सोमा प्रतियोगिता हुनेछ ।
ल्याप अनुसार शुल्क तिरेर प्रतियोगितामा सहभागिता जनाउन सकिने अधिकारीले बताए ।
अधिकारीले २ ल्यापमा १ सय, ४ ल्यापको २ सय र १० ल्यापको ४ सय शुल्क तिर्नुपर्ने बताए ।
तीन दिन चल्ने प्रतियोगिताका उत्कृष्ट १० ल्यापका प्रतिस्पर्धीले जनवरी ८ मा हुने फाइनलमा खेल्नेछन् ।