इलाम । प्रदेश नम्बर-१ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
बोर्डले मंगलबार इटहरीमा गण्डकी प्रदेशमा आयोजना भएको नवौंको पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
प्रदेश-१ बाट पदक जितेका ८६ जना खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना ब्यवस्थापकलाई नगदसहित सम्मान गरिएको बोर्डले जनाएको छ ।
नवौंमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारले पुरस्कृत गरिएको बोर्डले जनाएको छ ।
यस्तै प्रशिक्षकलाई नगद २५ हजार र ब्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको हो ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना भएको थियो ।
नवौंमा प्रदेश-१ ले १० स्वर्ण,२३ रजत र ५० कास्य पदक गरि कुल ८३ पदक जितेको थियो ।
प्रदेश-१ नवौंको पदक तालिकामा छैटौं स्थानमा रहेको थियो ।