काठमाडौं । भारतमा सम्पन्न दोश्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ११ स्वर्णसहित १९ पदक जितेका छन् ।
पुनेमा सम्पन्न च्याम्पियनसिपमा नेपालबाट गएका सामुदायिक विद्यालय भीमसेनगोलका खेलाडीले ११ स्वर्ण,५ रजत र ३ कास्यसहित १९ पदक जितेका हुन् ।
शिव छत्रपति स्टेडियममा भएको च्याम्पियनसिपमा अनिल रोक्का, राहुल राई, महिमा राई र इरफान वोस्ताले समान २/२ स्वर्ण जिते । यस्तै करण चौधरी र नबीन थापा मगरले १ स्वर्ण र १ रजत जित्दा रिकेश परियार १ स्वर्ण १ कास्य तथा सोनु गुरुङले २ रजत, सिमोन्सा श्रेष्ठले १ रजत १ कास्य र कन्चन नेपालीले १ कास्य हात पारे ।
नेपाली टोली साग गेम्सका स्वर्णधारी कुशल श्रेष्ठले प्रशिक्षणमा रहेको थियो । यस्तै च्याम्पियनसिपमा नेपालबाट पुर्व अन्तर्राष्ट्रिय खेलाडी तारा गुरुङ र तुलसी कुमार महर्जनले निर्णायक भूमिका निर्वाह गरेका थिए । त्यस्तै तुलसी कुमार महर्जनले सेमिनारमा छैटौं डान उतीर्ण गरेका थिए ।
च्याम्पियनसिपमा भारतसहित, नेपाल, श्रीलंका, इंग्ल्यान्ड, जापान,मलेसिया लगायत ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीको नेतृत्व सामुदायिक विद्यालय भीमसेनगोलको व्यबस्थापन समितिका अध्यक्ष राजेश जोशीले गरेका थिए ।