शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

शुक्रलाई कोर्स रेकर्ड सहित उपाधि 

बिहिबार, १४ पौष २०७९खेलपाटी संवाददाता
शुक्रलाई कोर्स रेकर्ड सहित उपाधि 
Loading ad...
mustang rice ad

धरान । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले जितेका छन् ।

पार-७० को धरान गल्फ क्लबको कोर्समा बिहीबार १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित शुक्रले उपाधि जित्न सफल भएका छन् । उनले बलभद्र राईले सन २०२० मा बनाएको ९-अन्डर २ सय १ को  रेकर्ड तोडे । नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेलेका थिए। 

अन्तिम दिन ७-अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७-अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउदै उनले उपाधि माथि कब्जा जमाएका हुन् । उनले नगद १ लाख ४० हजार प्राप्त गरे। तेस्रो दिन ३-अन्डर ६७ मा खेल सकाउदै समग्रमा ९-अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे। उनले नब्बे हजार प्राप्त गरेका छन्। २-अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५-अन्डर २ सय ५ सहित तेस्रो स्थानमा‌ चित बुझाए। उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे। 

इभन-पार ७० को स्कोरमा समग्रमा ४-अन्डर २ सय ६ स्कोर सहित सञ्जय लामा चौथो भए। चौथो भएका सञ्जयले ५५ हजार हात पारे। १-अन्डरमा खेल सकाउदै कुल १-ओभर २ सय ११ सहित रामे मगरले पाँचौ हुदै ४७ हजार प्राप्त गरे। समग्रमा २-ओभर २ सय १२ को नतिजामा धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौ स्थानमा खेल सकाए। उनीहरूले ३८ हजार ७ सय ५० नगद पुरस्कार प्राप्त गरे।  आठौ भएका दिनेश प्रजापतिले अन्तिम दिन इभन-पार ७० खेल्दै समग्रमा ३-ओभर २ सय १३ मा खेल सकाए र ३४ हजार हात पारे। स्थानीय गल्फर बलभद्र राईले कुल ५-ओभर २ सय १५ सहित नवौ स्थानमा रहे। उनले ३२ हजार प्राप्त गरे। यसैगरी ७-ओभर २ सय १७ सहित सुर्य प्रसाद शर्मा दशौ भए। उनले अन्तिम दिन ४-ओभर ७४ मा खेल‌ सकाए।

एमेच्योरतर्फ २-ओभर ७२ मा अन्तिम दिनको खेल‌ सकाएका  राजकुमार राई समग्रमा इभन-पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए। उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए। युवराजले अन्तिम दिन १-अन्डर ६९ सहित ३-ओभर २ सय १३ मा खेल पुरा गरे। कुल १०-ओभर २ सय २० अंक सहित सुन्दर राई तेस्रो भए। 

उत्कृष्ट फर्ममा रहेका शुक्र सँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको अग्रता थियो। अन्तिम दिन दबाब बिना खेलेका उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन ४-अन्डर ३० मा सकाए। उनले तेस्रो, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै ब्याक नाइनमा चार सट बचाए। १०औं, १५औं,१६औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गरे। 

निरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौ, छैटौ र नवौ होलमा एक एक सट बचाउदै फ्रन्ट नाइन ३-अन्डर ३३‌ मा पुरा गरे। यसपछि १५औं र १८औं होलमा बोगीको सामना गरे भने ११औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे। 

भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा पहिलो होलमा बोगी खेपे पनि पाँचौ होलमा इगल र छैटौ होलमा  बर्डीको सफलता प्राप्त गरे। यसपछि १०औं र १२औं होलमा बोगी प्रहार गरे भने १५औं र १६ औं होलमा एक एक सट बचाएर ब्याक नाइन इभन-पार ३४ मा सकाए। 

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्राईभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे। 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र  ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो। प्रतियोगितामा कुल आठ लाख  पुरस्कार राशी रहेको थियो। जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।‌ प्रतियोगिता अन्तर्गत शुक्रवार प्रो-एम खेल हुनेछ।

Loading ad...
LiNing Ad
शुक्रलाई कोर्स रेकर्ड सहित उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित