काठमाडौं । नेपाली ब्राण्ड केटीएम सिटीले कोटेश्वरमा नयाँ सोरुम खोलेको छ ।
शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले शाखा विस्तारको क्रममा कोटेश्वरमा नयाँ सोरुमको उद्घाटन गरेको हो ।
कोटेश्वर चोकबाट तीन सय मिटर भिक्टाेरिया कलेज नजिक नयाँ सोरुम सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
शेर्पा आउटडोरका अनुसार केटीएम सिटीका पछिल्ला उत्पादनहरु नयाँ सोरुममा समेत उपलब्ध हुनेछ ।
योसँगै देशभर केटीएम सिटीका २३ वटा आउटलेट खुलेका छन् । पूर्वको दमकदेखि पश्चिमको धनगढीसम्म केटीएम सिटीले आफ्नो सेवा विस्तार गरेको छ ।
स्पोर्टस ब्राण्डको रुपमा नेपाली बजारमा छुट्टै पहिचान बनाएको केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा तथा लत्ता, कपडा नेपाली बजारमा उपलब्ध गराईरहेको छ ।
केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक रहेको छ भने क्रिकेट, भलिबल सहित विभिन्न टिम र प्रतियोगितामा यसले सहकार्य गरेर काम गर्दै आईरहेको छ ।