काठमाडौं । इंग्ल्यान्डका पूर्व फुटबल खेलाडी जर्ज कोहेनको निधन भएको छ ।
विश्वकप विजेता पूर्व डिफेन्डर कोहेनको ८३ वर्षको उमेरमा निधन भएको हो ।
इंग्ल्यान्डले सन् १९६६ को विश्वकप जित्दा उनी टिमका उपकप्तान रहेका थिए ।
राइटब्याक कोहेनले इंग्ल्यान्डका लागि ३७ खेल खेलेका छन् ।
उनले व्यवसायिक करियरको पूरै समय फुलहमबाट खेलेका थिए ।
फुलहमका लागि कोहेनले ४ सय ५९ खेल खेलेका थिए ।