काठमाडौं । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भक्तपुरमा नयाँ आउटलेट संचालनमा ल्याएको छ ।
स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भक्तपुरको बजारलाई मध्यनजर गर्दै नयाँ आउटलेट खोलेको हो।
भक्तपुरको टुरिजम मार्केट नजिक बजाज पार्ट्स बिल्डिङमा रहेको छ ।
नेपाली उत्पादन केटीएम सिटीले देशभर विभिन्न आउटलेट मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
केटीएम सिटीले काठमाडौंसहित धरान, झापा बुटवल, नेपालगंज, पोखरा र धनगढीमा आउटलेट सञ्चालन गरेर शुलभ मुल्यमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको छ ।
यस्तै केटीएम सिटीले भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको छ ।
केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबको पनि किट पार्टनर हो ।
पछिल्लो समय खेलकुदमा आक्रमक रुपमा सेवा विस्तार गरिरहेको केटीएम सिटीले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत सम्पुर्ण खेलको पोशाक उत्पादन र वितरण गर्दै आएको छ ।