इलाम । इलामको सूर्योदय नगरपालिकाका युवा सम्मिलित टिमले अनलाइन गेमिङ तर्फ तेश्रो स्थान हासिल गरेको छ ।
सुविसुद्धारा आयोजित पब्जी र फ्रिफायर अल्टिमेट ब्याटलमा सूर्योदय नगरपालिका—१० का रुपम सुनुवार, साहिल श्रेष्ठ र विशाल गुरुङको टिमले फ्रिफायरमा तेश्रो स्थान हासिल गरेको हो ।
आउट साइडर इलाइट ओपिएक्स नाम दिइएको सो समूहमा ६ जना सदस्य रहेका छन् । उनीहरुले नगद २० हजार र गिफ्ट ह्रयाम्पर प्राप्त गरे ।
प्रतियोगिताको उपाधि इन्डोनेसियाले जितेको छ । उसले नगद १ लाख रुपैया प्राप्त गर्न सफल रहयो । दोश्रो स्थानमा नेपालकै अनम लामा भए । उनले नगद ४० हजार प्राप्त गरे ।
प्रतियोगितामा नेपाल, इन्डोनेशिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया, भियतनाम, सिंगापुर लगायतका मुलुकहरु सहभागि थिए ।
प्रतियोगिताको फाइनल राउन्डमा नेपालको १० वटा तथा इन्डोनेसिया र थाइल्यान्डको १÷१ वटा टिम पुगेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख रुपैया रहेको थियो ।
पछिल्लो समय नेपालमा अनलाइन गेमिङको क्रेज बढ्दो छ । युवा पुस्ताहरुले अनलाइन गेमिङ तर्फ अन्तराष्ट्रिय स्तरमा समेत उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।