काठमाडौं । नेपालका गल्फर सुवास तामाङ र सद्भाव आचार्यले भारतको अल इन्डिया एमेच्योर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।
मुम्बईस्थित बम्बे प्रेसिडेन्सी गल्फ क्लबमा आयोजना हुने प्रतियोगिता मंगलबारबाट सुरु हुनेछ ।
प्रतियोगिताका लागि सुवास र सद्भाव मुम्बई पुगिसकेका छन् ।
भारतको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको सुरुआतमा ३६ होलको स्ट्रोक प्ले हुनेछ ।
शीर्ष ३२ ले म्याच प्लेमा स्थान बनाउने छन् । जुन बिहीबार सुरु हुनेछ ।