आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

भुवनलाई काठमाडौं ओपनको उपाधि

शुक्रबार, २३ मंसिर २०७९खेलपाटी संवाददाता
भुवनलाई काठमाडौं ओपनको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । 

रोयल नेपाल गल्फ क्लबमा शुक्रबार दिनेश प्रजापतिलाई ९ स्ट्रोकले पछि पार्दै नगरकोटी च्याम्पियन बनेका हुन् ।

भुवनले शुक्रबार ४-अन्डर ६४ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन् । उपाधि सहित भुवनले १ लाख १६ हजार प्राप्त गरे। उनको यो खेल करियरको दशौं उपाधि हो। 

६-अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५-अन्डर २ सय ६७ सहित दोस्रो भए। उनले ७८ हजार प्राप्त गरे। इभन-पार ६८ स्कोर जोडेका शुक्र बहादुर राईले समग्रमा १-अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए। पहिलो दुई दिनका लिडर रबि खड्काले ४-ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे। तेस्रो र चौंथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे। 

No description available.

समग्रमा ५-ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६-ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७-ओभर २ सय ७९ को स्कोरमा सुर्य प्रसाद शर्मा सातौं भए। अन्तिम दिन रमेशले १-ओभर ६९, कृष्णमानले ५-ओभर ७३ र सुर्यले ३-ओभर ७१ स्कोर बनाए। 

अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग नौ स्ट्रोकको अग्रता थियो। बिना दबाब सहजै अन्तिम दिनको खेल ४-अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे। दोश्रो होलमा बोगी प्रहार गरेपनि तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए। यसपछि ११औं, १३औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे। 

सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानको लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो। अन्तिम दिनको खेल सुरू गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए। तर शुक्रलाई चार स्ट्रोकले माथ दिदै दिनेश दोस्रो भए। दिनेशले ६-अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा नवौ होलमा एक सट गुमाए। यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ४-अन्डर ३० मा पुरा गरे। 

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजिटिआई) खेलिरहेको शुक्रले अपेक्षा अनुरुप खेल्न सकेनन्। अन्तिम दिन इभन-पार ६८ मा सकाए। उनले आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि ११औं, १३औं र १६औं होलमा एक-एक सट बचाए। तर १५औं र १७औं होलमा बोगी र १८औं होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। 

प्रतियोगिताको एमेच्योरतर्फको उपाधि अजित बिकेले जिते। उनले ६-ओभर ७४ सहित समग्रमा १७-ओभर २८९ स्कोर जोडे। समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए। 

No description available.

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए। विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

Bajaj Pulsar Motorcycle Ad
भुवनलाई काठमाडौं ओपनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक