आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

भुवन शीर्ष स्थानमा 

बिहिबार, २२ मंसिर २०७९खेलपाटी संवाददाता
भुवन शीर्ष स्थानमा 
Classic Tech Internet Ad

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्ष स्थानमा उक्लिएका छन्।

१-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्।

दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ।

भुवनले रबि र शुक्र बहादुर राईलाई अन्तिम १८ होलको खेल बाँकी रहदा ९ स्ट्रोकले पछि पारेका छन्। 
 
शुक्रले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए । रबिले ९-ओभर ७७ को खराब प्रदर्शन गरे। दुवैजना समग्रमा १-अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन्। धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्।

धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल सकाए। ३-ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३-ओभर २ सय ७ सहित सातौ स्थानमा छन्। रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४-ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाडे। 
 
३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए।‌ तर तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोकलो अग्रता बनाए। दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक-एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए। 
 
भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो। उनले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेले। दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गरे। यसपछि पनि सम्हालिन सकेनन्। १० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन ११ औ र १६ औ होलमा एक-एक सट खेर फाले। १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा सकाए। 
 
शुक्र बहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे। १३ औ होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल सकाए। 
 
एमेच्योरतर्फ समग्रमा ११-ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन्। आज उनले ५-ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन्। 
 
कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।
 

Bajaj Pulsar Motorcycle Ad
भुवन शीर्ष स्थानमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक