आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

पहिलो दिन रबिलाई अग्रता

मंगलबार, २० मंसिर २०७९खेलपाटी संवाददाता
पहिलो दिन रबिलाई अग्रता
Classic Tech Internet Ad

काठमाडौं। सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार  रबि खड्काले अग्रता बनाएका छन् ।

६-अन्डर ६२ को सानदार स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि शीर्ष स्थानमा रहेका हुन् ।

५-अन्डर ६३ को स्कोर सहित भुवन नगरकोटी दोस्रो र ३-अन्डर ६५को कार्ड बनाएका शुक्र बहादुर राई तेस्रो स्थानमा छन्।

यसैगरी २-अन्डर ६६ र १-अन्डर ६७ को स्कोर कार्ड तयार पारेका निरज तामाङ र रमेश अधिकारी क्रमशः चौंथो र पाँचौं स्थानमा छन्। इभन-पार ६८ बनाएका धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे।

पार-६८को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा आज भएको पहिलो १८ होलको खेलमा रबि खड्काले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५-पारको पहिलो होलमा इगलको सफलता प्राप्त गरे। उनले चौंथो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि रबिले १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा पूरा गरे।

रबिलाई दबाब दिदै भुवन नगरकोटीले ५-अन्डर ६३ को स्कोरमा पहिलो दिनको खेल सकाए। राम्रो सुरुवात गरेका भुवनले पहिलो, दोस्रो र चौंथो होलमा एक-एक सट बचाए। नवौं होलमा बोगी प्रहार गर्दै भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। यो लयलाई कायम राख्दै १०औं, १३औं र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे।

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआई) खेलिरहेका शुक्र बहादुर राई ३-अन्डर ६५ स्कोर जोड्दै तेस्रो स्थानमा छन्। उनी लिडर रबि भन्दा ३ स्ट्रोकले पछाडी रहेका छन्। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाउने क्रममा शुक्रले पहिलो, दोस्रो र चौंथो होलमा बर्डी प्रहार गरे। आठौं होलमा भने एक सट खेर फाले। यसपछि उनले १३औं होलको बर्डीले ब्याक नाइन १- अन्डर ३३ मा सकाए।

एमेच्योर तर्फ अजित बिके अग्रस्थानमा रहे। २-ओभर ७० खेल्दै प्रोफेसनल गल्फरद्वय राजेन्द्र श्रेष्ठ प्रधान र प्रदिप कुमार लामासंग ११औं स्थान बाँडेका अजित दोश्रो स्थानमा रहेका प्रज्जवल गुरुङभन्दा ८ स्ट्रोकले अगाडी रहेका छन्।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। ३६ होलको समाप्ति पछि उत्कृष्ट २१ प्रो र ५ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको खेलका लागि कट बनाउँने छन।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

Bajaj Pulsar Motorcycle Ad
पहिलो दिन रबिलाई अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक