काठमाडौं । संजिव नेपालीले नवौं लस भेगास ओपन इन्टरनेसन तेक्वान्दो च्याम्पियसिपमा स्वर्ण पदक जितेका छन् ।
प्रतियोगितामा सन्जिवले ३१ देखि ४० उमेर समूहको व्यक्तिगत पुम्सेतर्फ स्वर्ण पदक जितेका हुन् । उनको प्रशिक्षक अमरराज लामा रहेका थिए ।
स्वर्ण पदक जितेपछि संजिवले मेहेनतको कारणपदक जितेको बताए । उनले यस अघि पनि विभिन्न प्रतियोगितामा पदक हात पार्दै आएका छन् ।