काठमाडौं । कामना सेवा फुटबल कपको दोस्रो संस्करण आगामी कात्तिक २५ गते आयोजना हुने भएको छ ।
कामना सेवा विकास बैंकको आयोजना र खेलपाटीको व्यवस्थापनमा दोस्रो संस्करणको प्रतियोगिता कात्तिक २५ र २६ गते आयोजना हुने तय भएको हो ।
आईतबार कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन बस्नेत र खेलपाटीका प्रमुख कार्यकारी अधिकृत हिमबिक्रम केसीले प्रतियोगिता आयोजना सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा बैंकका सिइओ बस्नेतले दोस्रो संस्करणको फुटसल प्रतियोगिता थप परिस्कृत र भब्य हुने बताए ।
उनले खेलकुदको माध्यमबाट बैंक तथा वित्तिय संस्थालाई एउटा कार्यक्रममा जोड्न फुटसल प्रतियोगिता सहयोगी हुने विश्वास ब्यक्त गरे ।
खेलपाटीका सिइओ केसीले दोस्रो संस्करणको कार्यक्रमलाई थप व्यवस्थित र परिस्कृत बनाएर लैजाने उल्लेख गरे । उनले कर्पोरेट क्षेत्रलाई खेलकुदमा आबद्ध गराउन कार्यक्रम फलदायी हुने बताए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा २० भन्दा बढी नेपालमा बैंक तथा वित्तिय संस्थाले सहभागीता जनाउनेछन् । दोस्रो संस्करणदेखि महिला टिमलाई समेत समावेश गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग रहनेछ ।