पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । एपीएफले आर्मीमाथि ३-० को सोझो सेटमा जित निकालेको हो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट भने २७-२५ ले जितेको थियो । तेस्रो सेट २६-२४ ले जित हात पारेर एपीएफले स्वर्ण पक्का गरेको हो ।
नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो ।
कास्य पदकका लागि आज नै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको थियो ।