पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा सुदूरपश्चिम र बागमती प्रदेशले कास्य पदक जितेका छन् ।
पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा भएको तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलामा सुदूरपश्चिम र महिलातार्फ सुदूरपश्चिमले जितेका हुन् ।
खोखोअन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिमको महिला टिमले प्रदेश १ लाई हराउँदै कास्य पदक हात पारेको हो ।
सुदूरपश्चिमले १०–८ को झिनो अंकसहित प्रदेश १ लाई पराजित गरेको हो । बिहीबार नै तेस्रो स्थानका लागि भएको पुरुष प्रतिस्पर्धामा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले प्रदेश नं १ लाई २८–७ अंकसहित पराजित गर्दै कास्य पदक हात पारेको हो ।
खोखोको फाइनलमा महिला पुरुष दुवैमा विभागीय टिम नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । राउन्डरोबिन लिग आधारमा असोज ३० गते सुरु भएको खोखो प्रतियोगिता बिहीबार सकिँदैछ ।
खोखोमा २ विभागीयसहित ९ टिम सहभागी थिए ।